बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’

एक्सप्रेस पाना
पौष २५, २०७८ आइतबार
  • 421
    SHARES
  • माओवादी केन्द्रको आठौं महाधिवेशन स्थल कोरोनाको ‘हटस्पट’

    पुस २५ काठमाडौं । नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौं महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । 

    images

    गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बसे । 

    कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोना भाइरस संक्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् । 

    images

    तर, शनिबारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा लगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्डसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् । 

    देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्लाजिल्ला र गाउँगाउँमा पुगिसकेका छन् । 

    महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ । 

    महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ । माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ ।न्युज कारखाना