पुस २५ काठमाडौं । नेकपा एकीकृत समाजवादीको भातृसंगठन युवा संघ नेपालको केन्द्रीय स्वाथ्य बिभागको बैठक संघका सचिब तथा बिभागका प्रमुख प्रजोल तामाडंको अध्यक्षतामा सम्पन्न भएको छ।
युवा सघको केन्द्रिय कार्यलयमा भएको बैठकमा केन्द्रिय अध्यक्ष नरेश शाही, केन्द्रिय सचिव तथा कार्यलय प्रमुख नरेश गिरि, बिभागका उपाप्रमुख रजुला जोशीको उपस्थित रहेको बिभागका सचिब टिकराम खड्कले बताए ।
बैठकमा २१ सदस्य उपस्थित भएको थियो । यहि माघ १९ गते सोनाम लोछारका दिन रक्तदान कार्याक्रम गर्ने विभागका प्रमुख तामाङले जानकारी दिए ।
.jpg)


