बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले जिल्ला अधिवेशन : पाँच घण्टामा १९४ मत खस्यो

एक्सप्रेस पाना
पौष २७, २०७८ मंगलबार
  • 378
    SHARES
  • एमाले जिल्ला अधिवेशन : पाँच घण्टामा १९४ मत खस्यो

    पुस २७ अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनमा मतदान प्रक्रियामा निकै सुस्त देखिएको छ । बिहान ९ बजेबाट सुरू भएको मतदानअन्तर्गत दिउँसो २ बजेसम्म घन्टामा एक सय ९४ मत खसेको निर्वाचन समितिका सदस्य भीम बुढाले जानकारी दिए । मतदान ढिला भएको भन्दै मतदाताहरूले आक्रोश पोखेको छन् ।

    images

    मतदान गर्न डेढ घन्टासम्म लाइन बस्नु परेको उनीहरूको गुनासो छ । एक जनाले मतदान गर्न २० मिनेट लाग्ने गरेको छ। आयोजक कमिटीले मतदानस्थल व्यवस्थित नबनाउँदा कमजोरी भएको मतदाताहरूको आरोप छ । यही गतिमा मतदान भए राति १२ बजेसम्म पनि मतदान नसकिने मतदाताहरू बताउँछन् । मतदान प्रक्रिया छिटो बनाउन अध्यक्षका उम्मेदवार प्रकाश शाह, चन्द्र बोहरा मतदान स्थलमै पुगेका छन् ।