आइतबार, भाद्र २८ गते २०८३
images

चाँडो दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 620
    SHARES
  • चाँडो दिइने बुस्टर डोजले रोग प्रतिरोधात्मक क्षमता घटाउँछः युरोपेली मेडिकल निकाय

    एजेन्सी
    ब्रसेल्स, २८ पुस कोभिडविरुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रोग प्रतिरोध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ । 

    images

    लामो समयको अन्तर पारेर बुस्टर डोज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएको हो ।

    यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डोज दिने तयारी गरेको थियो । बेलायतले पनि कोभिडबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।

    images

    अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डोजबारे आवाज बढेको छ । युरोपपछि अहिले अमेरिकामा संक्रमितको संख्या तीव्र बढेको छ । संक्रमित बढे पनि तत्काल प्रतिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् ।