बिहीबार , कार्तिक २० गते २०८३
images
images

तीन सय मत गन्दा बोहरा अघि

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 527
    SHARES
  • तीन सय मत गन्दा बोहरा अघि

    पुस २८ अछाम । नेकपा एमाले अछामको आठौँ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको प्रारम्भिक मतपरिणम आउन थालेको छ । प्रारम्भिक मत परिणामअनुसार अध्यक्षका उम्मेदवार चन्द्र बोहराको प्यान अघि देखिएको छ । 

    images

    मंगलबार भएको मतदानको बुधबार बिहानदेखि गणना सुरु भएको हो । जिल्ला सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना जारी छ ।

    पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ नेकपा एमाले अछामले जनाएको छ । यस्तै तीन सय मतगणना हुँदा अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायम छ । बोहरा २२ मतले अघि छ्न् । बोहराले एक सय ५८ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार प्रकाश शाहले एक सय ३६ मत पाएका छन्।

    images