आइतबार, कार्तिक १६ गते २०८३
images
images

शेयर बजार साढे ३० अङ्कले घट्यो

एक्सप्रेस पाना
पौष २८, २०७८ बुधबार
  • 540
    SHARES
  • शेयर बजार साढे ३० अङ्कले घट्यो

    पुस २८ काठमाडौं । पछिल्लो दिन लगातार बढेको शेयर बजार आज बुधवार भने घटेको छ । आज शेयर बजार ३० दशमलव ५१ अङ्कले घटेर दुई हजार आठ सय तीन दशमलव ६३ विन्दुमा झरेको छ । 

    images

    आज व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय ६६ अङ्कले घटेको छ । त्यस्तै जीवन बीमाको शेयर एक सय ९, विकास बैंकको शेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको शेयर ७६ अङ्कले घटेको छ । 

    आज शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज दुई सय २९ वटा कम्पनीको एक करोड ६१ लाख कित्ता शेयर आठ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । 

    images

    आज हिमालय ऊर्जा विकास कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राको शेयरमा सकारात्मक सर्किट लागेको छ ।