आइतबार, कार्तिक १६ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 289
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    पुस २९ काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७पैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ । 

    images

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ०९ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८० पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७९ पैसा र बिक्री दर १२८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०८ पैसा र बिक्री दर ८५ रुपैयाँ ५२ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४९ पैसा छ । 

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५३ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ४३ पैसा र बिक्री दर ३१ रुपैयाँ ५९ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम भएको छ ।