आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ३०० ले बढ्यो

एक्सप्रेस पाना
पौष २९, २०७८ बिहीबार
  • 306
    SHARES
  • सुनको मूल्य तोलामा ३०० ले बढ्यो

    पुस २९ काठमाडौं । साताको पाँचौं दिन नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

    images

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।  यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ हजार २०० रुपैयाँमा  कारोबार भएको थियो ।

    चाँदीको भाउ पनि प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    images