बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेले रच्यो नयाँ कीर्तिमान

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 422
    SHARES
  • एमालेले रच्यो नयाँ कीर्तिमान

    पुस ३० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरोधमा नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै नयाँ कीर्तिमान बनाएको हो ।

    images

    त्यसबखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

    यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरेर ८३ दिन पुगिसकेको छ । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन् । विघटनपछि  पुनःस्थापित प्रतिनिधि सभाको नवौँ र १०औँ अधिवेशनमा पनि एमालेको अवरोध जारी छ ।साभार - नेपाल मार्ग

    images