बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

एक्सप्रेस पाना
पौष ३०, २०७८ शुक्रबार
  • 340
    SHARES
  • एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

    पुस ३० सुर्खेत । एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । 

    images

    नवौं जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । 

    उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।

    images

    सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए ।