बिहीबार , कार्तिक २० गते २०८३
images
images

कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, अब १६ माघमा बस्ने

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 274
    SHARES
  • कोभिड महामारीका कारण प्रतिनिधिसभा बैठक स्थगित, अब १६ माघमा बस्ने

    माघ २ काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड महामारीका कारण पछि सरेको हो ।

    images

    संघीय संसदका महासचिव डा।भरतराज गौतमले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाको निर्धारित बैठक पछि सारिएको जानकारी दिएका हुन् ।
    सरकारले २५ जनाभन्दा बढी भेला नहुन स्वास्थ्य मापदण्ड नै लागू गरेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको भन्दै सरकारले भेला, सेमिनार, राजनीतिक गतिविधिमा रोक लगाएको छ । त्यसैले संघीय संसद् बैठक पनि पछि सरेको हो ।