आइतबार, कार्तिक १६ गते २०८३
images
images

सहकारीबाट ठगिँदै जुम्लाका नागरिक

एक्सप्रेस पाना
माघ २, २०७८ आइतबार
  • 316
    SHARES
  • सहकारीबाट ठगिँदै जुम्लाका नागरिक

    माघ २ जुम्ला । जुम्लामा सञ्चालित सहकारीले  ठगिगरेका पाइएको छ । सहकारीका  नाममा बचत  उठाएर सम्पर्कविहीन भएपछि  जुम्लाका नागरिक ठगिएका हुन् । नागरिक बचतकर्ता  रुपमा सहकारीका सञ्चालक  र कर्मचारीबाटै ठगिँदै आएका छन । चन्दननाथ नगरपालिका–१० गैरागाउँका प्रेमराज न्यौपाने सहकारीका बचतकर्ता हुन् । उनले  स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचत गरेका थिए  । 

    images

    उनी त्यो सहकारीमा अबद्ध दैनिक  बचतकर्ता छन् । उनको त्यो सहकारीमा ३० हजार ५०० बचत पुगेको छ । जुम्लाको बसपार्कमा अवस्थित स्वजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ता न्यौपाने मात्र होइन । चन्दननाथ नगरपालिका–६ की  हरिदेवी बुढा पनि बचतकर्ता हुन् । उनको बचत ९०० मात्र छ  । ‘महिले स्वजन बहुउद्देश्यीय सहकारी संस्थाले चार हजार सेयर लगानी गर्न लागाएको थियो,’ उनले भनिन्, ‘हामीले आफ्नो घर खर्च कटाएर गरेको बचत सहकारीले वालुवा पानी खन्याए जस्तै गरिदियो ।’

    Avatar

    images

    सो सहकारी संस्था करिब ५०० व्यापारीले बचत गरेका छन् ।  सहकारीले बचत उठाउन छोडेर भागेको एक वर्ष  जति भयो । यसको प्रमुख संञ्चालक चन्दननाथ १० गैरागाउँका जनक हमाल हुन् । सहकारीको कार्यालय पनि बन्द छ । कतिपय नागरिकले दुई लाखसम्मको बचत गरेका छन । उनीहरुको पासबुकसमेत ब्याज हालिदिने भन्दै सहकारीले नै  लिएको छ ।  

    त्यस्तै जुम्लाको बसपार्कमा संञ्चालित अर्को सहाकरी हो, समाज रुपान्तरण  । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्था पनि नागरिकको बचत लिएर सम्पर्कविहीन भएको पाइएको छ । समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीमा पनि  ४०० को हाराहारीमा बचतकर्ता आबद्ध छन् । यी सबै नागरिक सहकारीले ठगेको भन्दै  हारगुहार गर्दै आएका छन् ।

    समाज रुपान्तरण बहुउद्देश्यीय सहकारीले  बचतको नामा जुम्लाका नागरिकलाई गठेको  चन्नदननाथ–६ कि एकुमाया खत्रीले बताइन् । उनले भन्निन्, ‘म यसको बचतकर्ता हुँ, मेरो यस सहकारीमा १५ हजार ३०० रुपैया बचत  छ ।’ खत्रीका अनुसार यस सहकारीमा न्यूनतम पाँच हजारदेखि अधिकतम तीन लाखभन्दा बढी बचत गरेका नागरिक छन् । 

    अध्यक्ष चन्दननाथका–८ तलिमका प्रकाश रोकायासहित सहकारीका पदाधिकारी भोजराज न्यौपाने, मंगलादेवी बोहोरा, रेशम शाही र सर्पजित बुढागत १२ असोजदेखि सम्पर्कविहीन छन् । 

    Avatar

    त्यस्तै समाज रुपान्तरण बहुउद्देश्यीय सहकारी संस्थाको पनि अवस्ता उस्तै छ । समाजरुपान्तरण सहकारीका अध्यक्ष प्रकाश रोकायाका अनुसार यसअघि भोजराज न्यौपाने अध्यक्ष रहेका र आफू अध्यक्ष भएको दुइ महिनामै काम विषेशले काठमाडौँ आएको र त्यसपछि सहकारीनै बन्द भएको छ । नागरिकको सात लाखसम्म बचत फिर्दा गर्नुपर्ने रहेकोउनले स्वीकारे । 

    ‘यहि माघदेखि फगुनसम्म नागरिको बचत फिर्दा गर्नेछु । सहकारीले १२ लाख जति ऋण पनि लगानी गरेको छ । त्यही ऋण असुल गरेर बचत फिर्ता गर्छु,’ उनले भने । यता जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले ठगी गरेको उजुरी आएको खण्डमा कनुनी प्रक्रिया अगाडि बढाउने बताइन् ।न्युज कारखाना