बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 241
    SHARES
  • प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने

    माघ ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । सरकार गठनको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

    images

    गत २९ असारमा प्रधानमन्त्री भएका देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएका अवस्थामा राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् । 

    सम्बोधनको दिन र समय निर्धारण भइसकेको छैन । ‘प्रधानमन्त्रीज्यूले राष्ट्रको नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका सहयोगी विजयी अधिकारीले बताए । उनका अनुसार राष्ट्रको नाममा सम्बोधन गर्ने मिति र समय निर्धारण भइसकेको छैन । 

    images