आइतबार, कार्तिक १६ गते २०८३
images
images

बैंकहरूको निक्षेप संकलन बढ्दै, एकै दिनमा ४९ अर्बले बढ्यो निक्षेप

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 300
    SHARES
  • बैंकहरूको निक्षेप संकलन बढ्दै, एकै दिनमा ४९ अर्बले बढ्यो निक्षेप

    माघ ३ काठमाडौं । बैंकहरूको निक्षेप संकलन एक दिनमै ४९ अर्बले बढेको छ । पछिल्लो समय पुँजीगत खर्च बढ्दै जानु, स्थानीय तहको ८० प्रतिशत रकम वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउनु, राष्ट्र बैंकले पुर्नकर्जा बैंकहरुमा पठाउनु, आयातमा कडाइ गरिनु जस्ता विभिन्न कारणहरुले बैंकिङ प्रणालीमा निक्षेप बढ्न थालेको छ । 

    images

    नेपाल राष्ट्र बैंकका अनुसार पौष २९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ५४ अर्ब रूपैयाँ रहेको मा एक दिनै बैंकहरूको निक्षेप ४९ अर्बले बढेर पौष ३० गते बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ ।

    निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । यो एक दिनमा बैंकहरूको कर्जा लगानी २५ अर्बले बढेर ४६ खर्ब ६६ अर्ब पुगेको छ ।

    images

    पौष १६ गते सम्म बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ९०।७६ प्रतिशत रहेको मा ३० गतेसम्मा त्यो घटेर ८९।६४ मा झरेको राष्ट्र बैंकले जनाएको छ ।