बिहीबार , कार्तिक २० गते २०८३
images
images

सन्धिखर्क नगरपालिका नगर प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण

एक्सप्रेस पाना
माघ ३, २०७८ सोमबार
  • 226
    SHARES
  • सन्धिखर्क नगरपालिका नगर प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण

    माघ ३ अर्घाखाँची । नगर प्रमुख कमलप्रसाद भुसालसहित कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण भएपछि सन्धिखर्क नगरपालिकाले सेवा बन्द गरेको छ ।

    images

    कोरोनाको संक्रमण थप फैलन नदिनभन्दै नगरपालिकाले यही माघ ४ गतेदेखि ७ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको प्रमुख प्रकाशकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । अर्यालले एक सूचना जारी गर्दै नगरपालिका कार्यालयको आजको बैठकले ७ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

    कार्यालयका ५७ जना कर्मचारीमा गरिएको एन्टिजेन परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख पूर्ण पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार नगरपालिकाको स्वास्थ्य सेवा जारी रहनेछ भने अन्य सेवा ७ गतेसम्म बन्द रहनेछ ।

    images

    'हामीले आज कार्यालयमा गरिएको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको छ,' पराजुलीले भने, 'नगर प्रमुखमा पनि संक्रमण भएको भन्ने सुनिएको छ । शायद बाहिर परीक्षण गर्नुभएहोला ।'