आइतबार, कार्तिक १६ गते २०८३
images
images

उपत्यकामा निषेधाज्ञा १ हप्ता थप , स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही हुने 

एक्सप्रेस पाना
श्रावण १९, २०७८ मंगलबार
  • 288
    SHARES
  • उपत्यकामा  निषेधाज्ञा १ हप्ता थप , स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही हुने 

    काठमाडौँ । उपत्यकामा फेरि एक साता निषेधाज्ञा गर्ने निर्णय भएको छ । गृह मन्त्रालयमा बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

    images

    काठमाडौँका तीन जिल्ला प्रमुखको मङ्गलवार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधवार सकिँदै छ।

    सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।मङ्गलवार मात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो।

    images

    अहिलेको निषेधाज्ञाले सबै प्रकारका  जुलुस गर्न, भिडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिविधि गर्न, कलकारखाना र व्यवसायमा भिडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, सैलुन, ब्युटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरीत श्रमिक र कामदार ओसारपसार गर्न  प्रतिबन्ध लगाएको छ।

    शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन । औषधि तथा स्वास्थ्य सामग्रीका पसलबाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् ।

    232162610_1935986293241688_682981590979339932_n.jpg232392768_1935986333241684_4521285635367797335_n.jpg231604263_1935986379908346_5543920342782931395_n.jpg