बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 265
    SHARES
  • प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन

    माघ ४ जनकपुरधाम । प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।

    images

    युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।

    मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।

    images

    यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् । 

    प्रदेशको नाम मधेस कायम भएको खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।न्युज कारखाना