बिहीबार , कार्तिक २० गते २०८३
images
images

मधेश प्रदेशको नामले मधेशीहरुको पहिचानमा ठूलो राहत : उपेन्द्र यादव

एक्सप्रेस पाना
माघ ४, २०७८ मंगलबार
  • 320
    SHARES
  • मधेश प्रदेशको नामले मधेशीहरुको पहिचानमा ठूलो राहत : उपेन्द्र यादव

    माघ ४ महोत्तरी । जनता समाजवादी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । 

    images

    जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए ।
    ‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।