बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेस अधिवेशन : मतदान अधिकृत विरामी भएपछि वडाको मतदान नै रोकियो

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 265
    SHARES
  • कांग्रेस अधिवेशन : मतदान अधिकृत विरामी भएपछि वडाको मतदान नै रोकियो

    माघ ५ महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको विवादका कारण स्थगित भएको मनरासिस्वा वडा नम्बर ८ मा पुन: विवाद सिर्जना भएको छ । सर्वसम्मतिमा आज १० बजेका लागि वडाको पाटी कार्यालयमा मतदान हुने निर्धारण भएको थियो ।

    images

    तर  केहीवेर अगाडि निर्वाचन अधिकृत दुर्गा परियारले निर्वाचन गर्न नसकिने सूचना  निकालेपछि अधिवेशन पुन: अन्याेलमा बनेकाे छ । मतदानको मिति र स्थान पटक-पटक निर्धारण भए पनि उक्त वडाको अधिवेशन निर्वाचन अधिकृतकै कारण बिथोलिँदै आएको छ । 

    `अहिले पनि निर्वाचन अधिकृतले पुरानो रवैया अपनाएका छन्, यसमा कुनै गम्भीर रहस्य लुकेको छ,´ नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

    images

    जिल्ला प्रहरी कार्यालयको सहजीकरणमा पार्टी कार्यालयमा हुने भनिएको मतदान १० बजेलाई बोलाइए पनि मतदान अधिकृत परियारले ९ बजे सूचना टाँसेर आफू बिरामी भएको उल्लेख गरेका थिए । उनी बिरामी भए पनि जिल्ला निर्वाचन अधिकृतले अर्को मतदान अधिकृत तोकेर मतदान गराउनै पर्ने प्रावधान छ । तर जिल्ला निर्वाचन अधिकृत इन्द्र अधिकारीसमेत सम्पर्कमा छैनन ।न्युज कारखाना