आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेप्सेमा ३८ दशमलव ३५ अंकको गिरावट

एक्सप्रेस पाना
माघ ५, २०७८ बुधबार
  • 320
    SHARES
  • नेप्सेमा ३८ दशमलव ३५ अंकको गिरावट

    माघ ५ काठमाडौं । नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन १० दशमलव ७८ अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज बुधबार पनि ३८ दशमलव ३५ अंकले घटेर २८ सय ९८ दशमलव ३१ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले घटेर पाँच सय ३९ दशमलव ६५ अंकमा पुगेको छ ।

    images

    दुई सय २८ वटा कम्पनीको ८४ हजार दुई सय ३३ पटकको कारोबारमा एक करोड १८ लाख ३७ हजार दुई सय १५ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब दुई करोड १३ लाख ११ हजार आठ सय ८१ रुपैयाँ पुगेको छ ।

    १३ वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १४ दशमलव नौ अंकले घटेर १९ सय १० दशमलव ९८ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक पनि ५९ दशमलव ७८ अंकले घटेर ३४ सय २९ दशमलव १९ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि दुई सय २५ दशमलव ८७ अंकले घटेर १६ हजार एक सय ८९ दशमलव ३९ अंंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय १७ दशमलव १६ अंकले घटेर १३ सय ८९ दशमलव ८४ अंकमा झरेको छ । यीबाहेक विकास बैंक, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि घटेका छन् ।

    images

    नेप्सेमा आज बुद्धभूमि हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर दुई सय ८७ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा घलेम्दी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने चार दशमलव ३४ प्रतिशतले घटेर तीन सय ५३ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

    यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ४४ रुपैयाँ अन्तिम मूल्यमा २० करोड ३२ लाख २१ हजार सात सय ९७ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।