आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा एकैदिन ३ लाख १७ हजार जनामा कोरोना संक्रमित

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 251
    SHARES
  • भारतमा एकैदिन ३ लाख १७ हजार जनामा कोरोना संक्रमित

    एजेन्सी । छिमेकी राष्ट्र भारतमा एकैदिन तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमितको संख्या दिनहुँ बढेको छ । 

    images

    भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ । सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ । कोभिड संक्रमित बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।