आइतबार, कार्तिक १६ गते २०८३
images
images

शेयर बजारमा हरियाली

एक्सप्रेस पाना
माघ ६, २०७८ बिहीबार
  • 422
    SHARES
  • शेयर बजारमा हरियाली

    माघ ६ काठमाडौं । लगातार दुई दिनसम्म घटेको शेयरबजार आज भने बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ३३ दशमलव शून्य तीन अंकले बढेर दुई हजार नौ सय ३१ दशमलव ३४ विन्दुमा पुगेको छ ।

    images

    सामूहिक लगानी कोष र बैंकिङ समूहबाहेक सबै समूहको शेयर उकालो लागेकोमा बीमा, फाइनान्स, विकास बैंक, जलविद्युत र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । एक करोड ५९ लाख ८९ हजार कित्ता शेयर पाँच अर्ब ७७ करोड ३१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सोरेन्सको २२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज मैलुङ खोला जलविद्युत, तेह्रथुम पावर कम्पनी र बुद्धभूमी नेपाल हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।  समग्र बजार बढेपनि बोटलर्स नेपालको शेयर झण्डै दुई प्रतिशतले ओरालो लागेको छ ।

    images