बिहीबार , कार्तिक २० गते २०८३
images
images

वडा अध्यक्षका प्रत्याशी केदार थापा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश

एक्सप्रेस पाना
माघ ७, २०७८ शुक्रबार
  • 427
    SHARES
  • वडा अध्यक्षका प्रत्याशी केदार थापा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश

    नवलपुर । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका -३ कुञ्चोकका नेकपा एमालेका प्रभावशाली स्थानिय नेता केदार बहादुर थापा नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    images

    स्थानिय तहमा राजनिति तथा समाजसेवामा राम्रो छवि बनाइसकेका कांग्रेसमा प्रवेश गरेका हुन् । थापाको कांग्रेस प्रवेशले इन्द्रावती ३ मा मात्र नभइ समग्र इन्द्रवतीको काँग्रेस राजनितीमा सकारात्मक प्रभाव पर्ने देखिएको छ । उनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ब सुचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले काँग्रेस प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेश पछि थापाले भने कम्युनिष्टको असली सिद्धान्तनै झुट र भ्रम रहेको कुरा आफुले थाहा पाएपछी आफु यो पार्टिमा रहिरहनु भनेको जिवन बर्बाद गर्नु हो भन्ने निष्कर्षकासाथ काँग्रेसले लिएको लोकतान्त्रिक समाजवादको बाटोमा हिंड्ने निधो गरे ।

    images

    त्यस्तै पार्टिप्रवेश कार्यक्रममा कांग्रेस पुर्व केन्द्रिय सदस्य बिष्णु बिक्रम थापा सिन्धुपाल्चोक क्षेत्र नं २ प्रदेश क. का सभापति केशबराज गिरी लगायतका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

    थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा इन्द्रावती ३ बाट नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको प्रत्यासी नेपाली कांग्रेसका देवप्रसाद बानियाँसंग करिब ३६ मतले पराजित भएका थिए ।