आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
माघ १०, २०७८ सोमबार
  • 391
    SHARES
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    माघ १० काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७  पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३९  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ  र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ ।

    images

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५० पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ९६ पैसा र बिक्री दर १०  रुपैयाँ  एक पैसा कायम भएको छ ।