आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ५०० ले बढ्यो

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 563
    SHARES
  • सुनको मूल्य ५०० ले बढ्यो

    माघ ११ काठमाडौं । साताको तेस्रो दिन नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य प्रतितोलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

    images