आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

एक्सप्रेस पाना
माघ ११, २०७८ मंगलबार
  • 331
    SHARES
  • भारतमा लगातार तेस्रो दिन पनि संक्रमित घटे

    एजेन्सी । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजार कमि हो । पछिल्लो २४ घन्टामा कोभिडबाट ६१४ जनाको मृत्यु भएको छ ।

    images

    भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रीय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रीय संक्रमित छन् । 

    भारतमा अहिले स‌ंक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ ।

    images