आइतबार, कार्तिक १६ गते २०८३
images
images

बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु

एक्सप्रेस पाना
श्रावण २१, २०७८ बिहीबार
  • 356
    SHARES
  • बंगलादेशमा चट्याङ लागेर १६ जनाको मृत्यु

    काठमाडौँ ।  बंगलादेशमा जन्ती सवार डुंगामा चट्याङ पर्दा १६ जनाको मृत्यु भएको छ। बेहुलासहित १२ जना घाइते भएका छन्।

    images

    बुधबार बंगलादेशको पश्चिमोत्तर जिल्ला चापाइन्बाबगञ्ज जिल्लाको शिवगञ्ज भन्ने स्थानमा जन्तीहरुमाथि चट्याङ परेको हो।

    मुख्य प्रशासनिक अधिकारी साकिब अल रब्बीले घटनाको पुष्टि गर्दै १६ जनाको मृत्यु भएको जानकारी दिए।

    images

    अचानक मेघगर्जन पानी पर्न थालेपछि डुंगाबाट एक एक जना गर्दै ओर्लिएर आश्रय लिन लाग्दा उनीहरुमाथि चट्याङ लागेको बताइएको छ।