बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रियसभाकाे मतदान सुरु (तस्बिर हेर्नुहोस्)

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 404
    SHARES
  • राष्ट्रियसभाकाे मतदान सुरु (तस्बिर हेर्नुहोस्)

    माघ १२ काठमाडौं । राष्ट्रिय सभाकाे रिक्त १९ सिटका लागि आज बुधबार बिहान ९ बजे मतदान सुरु भएकाे छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि सुरु भएकाे मतदान अपरान्ह ३ बजेसम्म चल्नेछ ।  

    images

    जसका लागि आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा प्रदेश निर्वाचन कार्यालय विराटनगरमा र बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको आयोगले जानकारी दिएको छ । 

    मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

    images

    Avatar

    राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यसँगै स्थानीय तहका प्रमुख/उपप्रमुखले भाग लिन पाउँछन् ।

    राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपा प्रदेश १ बाहेकमा मतदान नगर्ने भएकाे छ । निर्वाचन आयाेगले मतदान आजै मतगणना गरेर मतपरीणाम सार्वजनिक गर्ने तयारी गरेकाे छ । आयाेगका प्रवक्ता शालिग्राम शर्माले मध्यरातिसम्म मतपरीणाम आइसक्ने बताए ।

    तस्बिर : लुम्बिनी प्रदेशमा भइरहेकाे मतदान

    AvatarAvatar