बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय सभा उप-निर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान

एक्सप्रेस पाना
माघ १२, २०७८ बुधबार
  • 521
    SHARES
  • राष्ट्रिय सभा उप-निर्वाचन : बागमतीमा ३४३ जनाले गरे मतदान

    माघ १२ मकवानपुर । राष्ट्रिय सभा सदस्यअन्तर्गत रिक्त दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचानमा तीन सय ४३ मत खसेको छ । हेटौंडा उपमहानगरपालिका-८ मा रहेको औद्योगिक क्षेत्रमा बिहानबाट मतदान सुरू भएको थियो । बुधबार दिउँसाे ३ बजेसम्म भएको मतदानमा बागमती प्रदेशसभाका एक सय नाै सदस्यमध्ये एक सय ६ जनाले मतदान गरेका हुन् । 

    images

    यस्तै, स्थानीय तहका दुई सय ३७ जना जनप्रतिनिधिले मतदान गरेका छन् । निर्मावाचनमा विवेकशील साझा पार्टीका तीन सदस्यले भने पार्टीको निर्णयअनुसार मतदान गरेनन् ।

    आजै साँझ ४ बजेपछि मतगणना सुरू गरिने र बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने जनाइएको छ । रिक्त राष्ट्रिय सभा सदस्य दुई पदका लागि बागमतीबाट ६ जनाले उम्मेदवारी दिएका छन् । गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् । 

    images

    यस्तै, प्रदेशको विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्यबीच प्रतिस्पधाृ भएको हो । नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।