आइतबार, कार्तिक १६ गते २०८३
images
images

राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर सेवाबाट विना चेक २ लाखसम्म  भुक्तानी लिन सकिने

एक्सप्रेस पाना
माघ १३, २०७८ बिहीबार
  • 558
    SHARES
  • राष्ट्रिय वाणिज्य बैंकको स्मार्ट क्युआर टेलर सेवाबाट विना चेक २ लाखसम्म  भुक्तानी लिन सकिने

    काठमाडौं, १२ माघ । राष्ट्रिय वाणिज्य बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको हो । 

    images

    बैंकले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले माघ १० गतेबाट सेवा शुभारम्भ गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

    बैंकले मोबाइल बैंकिङ सुविधा लिइएका ग्राहकहरुले आफ्नो मोबाइलबाट बैंक काउण्टरमा उपलब्ध क्युआर स्क्यान गरी २ लाख रुपैयाँसम्मको नगद भुक्तानी लिन सक्ने गरी सबै शाखा कार्यालयहरूको काउण्टरमा स्मार्ट क्युआर टेलर सेवा लागू गरेको छ । 
    अब सिमित कारोबारको लागि बैंकमा चेक बोकेर गइरहनु पर्दैन ।272074870_512514410141087_8303514753975004486_n.jpg

    images

    बैंकले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको कार्य गर्न सक्ने गरी अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा सेवाको माघ १० गतेबाटै शुभारम्भ गरेको छ । 


    हाल देशभर बैंकको २ सय ५८ वटा शाखा कार्यालय, २ सय ४५ वटा एटिएम, ४१ स्थानमा एक्सटेन्सन काउण्टर, ९८ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा रहेका छन् ।