आइतबार, कार्तिक १६ गते २०८३
images
images

गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

एक्सप्रेस पाना
माघ १३, २०७८ बिहीबार
  • 373
    SHARES
  • गुगलका सीइओ सुन्दर पिचाईसहित ६ अधिकारीविरुद्ध मुद्दा

    एजेन्सी । मुम्बई प्रहरीले गुगलका सीइओ सुन्दर पिचाईसहित कम्पनीका ६ जनाविरुद्ध प्रतिलिपि अधिकार एन उल्लंघको मुद्दा दायर गरेको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

    images

    भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो । गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

    भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा बुधबार पद्म भूषणबाट सम्मानित भएका थिए । 

    images