बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

एक्सप्रेस पाना
माघ १४, २०७८ शुक्रबार
  • 283
    SHARES
  • प्रधानन्यायाधीशले दाेस्राे पटक आजका लागि बाेलाए न्याय सेवा आयाेगकाे बैठक

    माघ १४ काठमाडौं । नेपाल बार एसाेसियसनकाे लगातारकाे आन्दाेलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोस्रोपटक आजका लागि न्याय सेवा आयोगको बैठक डाकेका छन् ।  

    images

    यसअघि ६ पुसमा बाेलाइएकाे बैठक बस्दैनबसी स्थगित भएकाे थियाे । तर, नेपाल बारकाे असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसाे २ बजेका लागि बैठक बाेलाएका हुन् ।

    प्रधानन्यायाधीश अध्यक्ष रहने आयाेगमा न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी सदस्य रहने व्यवस्था रहेको छ । कानुनमन्त्री बडु कोरोना संक्रमणपछि आइसोलेसनमा छन् । 

    images

    अध्यक्ष र अन्य २ जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या मानिने र बहुमतले निर्णय गर्न सकिने न्याय सेवा ऐन २०७३ मा उल्लेख छ ।  

    खुला प्रतिस्पर्धाबाट आएका जिल्ला न्यायाधीशको नतिजालाई अनुमोदन गरेर अन्तर्वार्ता समिति गठन गर्ने कार्यसूची आजकाे बैठकको छ ।