बिहीबार , कार्तिक २० गते २०८३
images
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

एक्सप्रेस पाना
माघ १५, २०७८ शनिबार
  • 276
    SHARES
  • बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

    माघ १५ काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।

    images

    केही बेर अघि सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् ।

    तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छैनन् । 

    images

    निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्नेगरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमान सहमति नजुट्दा घोषणा हुन सकेको छैन ।

    पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो ।

    सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।