बिहीबार , कार्तिक २० गते २०८३
images
images

सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठ भित्र

एक्सप्रेस पाना
माघ १५, २०७८ शनिबार
  • 343
    SHARES
  • सत्ता गठबन्धनको निष्कर्ष : स्थानीय तहको चुनाव जेठ भित्र

    माघ १५ काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

    images

    बालुवाटारमा बसेको गठबन्धनको बैठकले जेठभित्र चुनाव सम्पन्न गर्न ५ दलीय संयन्त्रमार्फत् सरकारलाई सुझाव दिने निर्णय गरेको हो । 

    सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुन संशोधनको तयारी गर्न पनि सरकारलाई सुझाव दिने निर्णय भएको बताएका छन् ।

    images

    स्थानीय तहको चुनावको मिति विवाद भएपछि त्यसबारे निर्णय गर्न गठबन्धनले दुई चरणमा छलफल गरेको थियो ।