आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन प्रतितोला चार सयले घट्यो, कति छ कारोबार ?

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 338
    SHARES
  • सुन प्रतितोला चार सयले घट्यो, कति छ कारोबार ?

    माघ १६ काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ चार सय रुपैयाँ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

    images

    महासंघका अनुसार चाँदीको भाउ पनि घटेको छ । शुक्रबार १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा भएको छ ।