आइतबार, कार्तिक १६ गते २०८३
images
images

एक सय पाँच अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
माघ १६, २०७८ आइतबार
  • 363
    SHARES
  • एक सय पाँच अंकले बढ्यो नेप्से

    माघ १६ काठमाडौं । साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ । 

    images

    आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।

    images

    आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ । 

    सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।