आइतबार, कार्तिक १६ गते २०८३
images
images

आर्थिक प्रलोभनमा नपर्ने ट्राफिक प्रहरीलाई महाशाखाले दियो सम्मान  

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 285
    SHARES
  • आर्थिक प्रलोभनमा नपर्ने ट्राफिक प्रहरीलाई महाशाखाले दियो सम्मान  

    काठमाडौँ ।आर्थिक प्रलोभनमा नपर्ने ट्राफिक प्रहरीलाई महाशाखाले सम्मान व्यक्त गरेको छ । घुस लिन नमान्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित भएका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई शुक्रवार एक कार्यक्रमका बिच पुरस्कृत एव सम्मान गरेको छ ।

    images

    सम्मानित हुनेहरू मध्य ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरिएको छ । यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

    प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एव निर्देशन दिँदै आएका छौँ, फलस्वरूप घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई पुरस्कृत एवम् सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

    images

    पुरस्कृतसहित सम्मानित हुनेहरूमा प्रहरी निरीक्षक शङ्कर खड्का, प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरू अमर यादव, केशव विष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् ।

    यस्तै, प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापति, नारायण दत्त भट्ट, पदमसिंह धामी, प्रमानन्द यादव, वसन्त कुमार गौतम, वीरेन्द्र कलवार, शम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरू कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बिक, प्रकाश थापा, प्रज्ञान केसी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षणसिंह बोहोरा, विजयसिंह ऐर, श्यामसुन्दर यादव, हेमन्तबहादुर खड्का रहेका छन् ।