आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 394
    SHARES
  • सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो

    माघ १९ काठमाडौँ ।सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

    चाँदीको मूल्य पनि बढेको देखिन्छ  । मंगलबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको  एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ । 

    images