बिहीबार , कार्तिक २० गते २०८३
images
images

गठबन्धनका शीर्ष नेताबीच छलफल :गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

एक्सप्रेस पाना
माघ १९, २०७८ बुधबार
  • 473
    SHARES
  • गठबन्धनका शीर्ष नेताबीच छलफल :गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

    काठमाडौं, १९ माघ सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो । 

    images

    बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । 

    त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ । न्युज कारखाना

    images