आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
माघ २०, २०७८ बिहीबार
  • 348
    SHARES
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

    माघ २० काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर ११९ रुपैयाँ पाँच पैसा कायम गरेको छ ।

    images

    युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ र बिक्री दर १३५ रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ७८ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसा छ ।

     स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८८ पैसा र बिक्री दर १३० रुपैयाँ ५३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४१ पैसा र बिक्री दर ८५ रुपैयाँ ८४ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ७०  पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५०  पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८  पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८४ पैसा र बिक्री दर ३२ रुपैयाँ  छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

     मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ९४ पैसा र बिक्री दर नौ रुपैयाँ ९९ पैसा कायम भएको छ ।