आइतबार, कार्तिक १६ गते २०८३
images
images

१२ को परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

एक्सप्रेस पाना
श्रावण २२, २०७८ शुक्रबार
  • 284
    SHARES
  • १२ को परीक्षा स्थगित गर्न  स्वास्थ्य  मन्त्रालयको सिफारिस

    कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्ने गरी तयारी थालेको थियो । परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, परीक्षा केन्द्रमा स्वास्थ्य परीक्षण गर्ने र  केन्द्रमा हेल्थडेस्क राख्ने लगायतको तयारी थियो ।
    तर पछिल्लो दिनमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार मात्र सीसीएमसीलाई पत्र लेखेर कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न दिइएको अनुमति पुनर्विचार गर्न आग्रह गरेको थियो ।

    images

    स्रोतका अनुसार मन्त्रालयले शुक्रबार ४ बजे नै बैठक राखेर निर्णय गर्न निर्देशन दिएको थियो । तर परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने भोलि शनिबार ११ बजे बैठक राखेका छन् । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अहिले भौतिक रुपमा परीक्षा गर्न सक्ने अवस्था नभएकाले अहिले निर्णय पुनर्विचार गर्नु भनेका छौं ।’

    उनका अनुसार ३१ साउनदेखि तोकिएको परीक्षा स्थगित हुन्छ । तर आन्तरिक मूल्यांकनकै आधारमा हुन्छ वा भोलिका दिनमा भौतिक रुपमा परीक्षा हुन्छ भन्ने चाहिं अझै टुंगो लागेको छैन । यसबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने मन्त्रालयका एक अधिकारी बताउँछन् । 

    images