आइतबार, कार्तिक १६ गते २०८३
images
images

किमले चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै भने बेइजिङ ओलम्पिक ‘ठूलो विजय’

एक्सप्रेस पाना
माघ २१, २०७८ शुक्रबार
  • 336
    SHARES
  • किमले चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै भने बेइजिङ ओलम्पिक ‘ठूलो विजय’

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्दघाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ । 

    images

    आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पु¥याउने किमले बताएका छन् । हिउदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ । 

    यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाईल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यमदूरीको व्यालिस्टिक मिसाइल(आईबीएम) सहित जनबरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो । 
    उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

    images