आइतबार, कार्तिक १६ गते २०८३
images
images

एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाखसम्मको  निःशुल्क बीमा तथा ग्राहक सेवा उपलब्ध 

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 506
    SHARES
  • एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाखसम्मको  निःशुल्क बीमा तथा ग्राहक सेवा उपलब्ध 

    एनआईसी एशिया बैंक लिमिटेडको ‘सर्वश्रेष्ठ बचत खाता’ मा ग्राहकहरूलाई पाँच वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा तथा ग्राहक सेवाहरू निःशुल्क उपलब्ध हुने भएको छ ।

    images

    बैंकले यही कार्तिक १ गतेदेखि ल्याएको सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाईदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरू भएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनाहरूमा ग्राहकहरूले अत्यन्त उत्साहजनक सहभागीता जनाई उक्त योजनाहरूलाई सफल बनाइदिकोमा बैंकले समस्त ग्राहकवर्ग, कर्मचारीहरू लगायत सबै सरोकारवालाहरू प्रति अत्यन्त अनुग्रहीत रहँदै बैंक सबैमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

    आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरुप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ्ग क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरूमा पाइने फाईदाहरूलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै रू। ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ । 

    images

    साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरूले ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्नेछन् । बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ ।

    जसलाई निम्नानुसार तालिकामा देखाइएको छ :

    nicae_20220206121535.jpg

    उपरोक्तानुसारको सबै थप सुविधा र फाईदाहरू यस अघि सर्वश्रेष्ठ खाताहरू खोली सकेका ग्राहकहरूले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्नेछन् ।

    बैंकले ल्याएको यस सर्वश्रेष्ठ बचत खाताहरूमा उपलब्ध फाईदा सम्बन्धी विस्तृत जानकारीको लागि यस बैंकको नजिकको शाखा कार्यालय वा मोबाइलको मेसेज बक्समा SB टाइप गरी ३४८८ मा एसएमएस पठाउन बैंकले अनुरोध गरेको छ ।