बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रचण्डका कारण बालुवाटारबाट बाहिरिएका ओलीको प्रचण्डसँग पहिलो औपचारिक भेट बालुवाटारमै 

एक्सप्रेस पाना
माघ २३, २०७८ आइतबार
  • 237
    SHARES
  • प्रचण्डका कारण बालुवाटारबाट बाहिरिएका ओलीको प्रचण्डसँग पहिलो औपचारिक भेट बालुवाटारमै 

    माघ २३ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात महिनापछि औपचारिक रूपमा एउटै बैठकमा आम्नेसाम्ने भएका छन् । ओली प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डसँग औपचारिक भेटवार्ता गरेका थिएनन् ।

    images

    यसबीचमा सम्पन्न भएका एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने माओवादीको महाधिवेशनमा ओली गएका थिएनन् । महाधिवेशनमा दुवै पार्टीले दुवै नेतालाई निम्तो दिएका थिए ।  नेपाली कांग्रेसको मंसिरमा भएको महाधिवेशनमा भने प्रचण्ड र ओली एउटै मञ्चमा उपस्थित भएका थिए । कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ओली र प्रचण्ड एकै मञ्चमा उपस्थित भए पनि औपचारिक कुराकानी भएको थिएन ।

    प्रचण्डको कारण गत असार २८ गते ओलीले बालुवाटार छोड्नु परेको थियो । प्रचण्ड र माधव कुमार नेपालका कारण तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको थियो जसको अध्यक्ष ओली र प्रचण्ड रहेका थिए । अदालतले पार्टी एकता गरेका एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो । 

    images

    त्यसपछि तत्कालीन एमाले नेता माधव कुमार नेपालले एमालेबाट अलग भई नेकपा (एकीकृत समाजवादी) पार्टी स्थापना गरेका थिए । ओलीले गरेको संसद् विघटनलाई प्रचण्ड र नेपालले समर्थन नगरेपछि ओली प्रधानमन्त्रीको कुर्सीबाट हट्नु परेको थियो । 

    प्रधानमन्त्रीबाट हटेपछि ओली र प्रचण्डबीच प्रत्यक्ष औपचारिक भेटवार्ता भएको थिएन । आज प्रधानमन्त्री देउवाले समसामयिक विषयमा छलफल बालुवाटार बोलाएपछि ओली र प्रचण्ड आम्नेसाम्ने भएका हुन् ।  यो सात महिनाको अवधिमा ओलीले प्रचण्डको र प्रचण्डले ओलीको आलोचना गर्दै आएका थिए ।