माघ २४ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) नेपाली स्थानिय बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै हिजो आइतबार छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यता तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ । शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।
.jpg)


