बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्वाचन टार्ने गरी भएका अनेक बहस अब सकिए : महामन्त्री गगनकुमार थापा

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 496
    SHARES
  • निर्वाचन टार्ने गरी भएका अनेक बहस अब सकिए : महामन्त्री गगनकुमार थापा

    माघ २५ काठमाडौं । सत्तरुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएको बताएका छन् ।

    images

    सरकारले ३० वैशाखमा एकै चरणमा स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आशंकाहरु हटेको थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,संविधानको मर्म अनुरूप छ। स्थानीय तह रिक्त हुन्छ की भन्ने आशंका हटेको छ,उनले लेखेका छन् ।

    images

    अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ, संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैनु थापाले भनेका छन् ।

     फाइल तस्बिर