आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ह्वात्तै बढ्यो, कति छ प्रतितोला ?

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 251
    SHARES
  • सुनको मूल्य ह्वात्तै बढ्यो, कति छ प्रतितोला ?

    माघ २५ काठमाडौं । साताको तेस्रो दिन (आज) मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सयले बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सोमबार तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । 

    images

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ  । सोमबार एक हजार २५५ रुपैँयामा कारोबार भएको चाँदी मंगलबार  प्रतितोलामा एक हजार २६० रुपैयाँ  निर्धारण भएको छ ।