बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधि सभा : भोलिको लागि बोलाईएको बैठकको कार्यसूची सार्वजनिक

एक्सप्रेस पाना
माघ २५, २०७८ मंगलबार
  • 302
    SHARES
  • प्रतिनिधि सभा : भोलिको लागि बोलाईएको बैठकको कार्यसूची सार्वजनिक

    माघ २५ काठमाडौं । भोलि (बुधवार) बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा भोलि दिउँसो १ बजे बस्ने सम्भावित बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७७/७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने छन् ।

    images

    यस्तै, सभामुख अग्नी सापकोटाले सभासद जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव प्रस्तुत पेश गर्ने छन् । नेपाली कांग्रेसबाट ०६४ सालको संविधान सभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य ताजपुरियाको ७८ वर्षको उमेरमा १७ पुसमा निधन भएको थियो ।