आइतबार, कार्तिक १६ गते २०८३
images
images

फेरि उकालो लाग्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 933
    SHARES
  • फेरि उकालो लाग्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

    माघ २६ काठमाडौं । साताको चौथो दिन आज बुधवार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा एक हजार २८० रुपैयाँ  कायम भएको महासंघले जनाएको छ ।

    images