आइतबार, कार्तिक १६ गते २०८३
images
images

इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ निष्कासन

एक्सप्रेस पाना
माघ २६, २०७८ बुधबार
  • 288
    SHARES
  • इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ निष्कासन

    माघ २६ काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले बुधवारदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ ।

    images

    कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

    कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले भने बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

    images

    उक्त आईपीओमा छिटोमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरे ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन तथा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आवेदकले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओलाई नेपालले इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

    हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

    कम्पनीलाई आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते स्वीकृति दिएको हो । उक्त कम्पनीको उद्धेष्यमा विभिन्न पूर्वाधार निर्माणका लागि अध्ययन गरी परामर्श दिने तथा लगानी गर्ने रहेको छ ।